Loading... आजः आइतवार, कार्तिक ९, २०८३
Trending

नेपालमा संक्रमितको संख्या ९ हजार पाँच सय ६१ पुग्यो

७६ जिल्लामा फैलियो कोरोना

काठमार्डौ  :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५३५ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ९ हजार पाँच सय ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। सोमबार थप ३७० जना कोरोना संक्रमणमुक्त भएका छन्। आजसम्म कोरोनालाई जितेर घर फर्कनेहरूको संख्या नेपालभर गरी २ हजार १४२ छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ७६ जिल्लामा कोरोना फैलिइसकेको छ। ७७ जिल्लामध्ये रसुवामा भने अहिलेसम्म कोरोनाका बिरामी भेटिएका छैनन्।