क्वारेटाइन र आइसोलेसनमा रेडक्रसको सुरक्षा सामाग्री
दैलेख : नारायण नगरपालिकामा रहेका क्वारेन्टाइन र आइसोलेसनमा सुरक्षा सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख र नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशले स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो ।
क्वारेन्टाइन र आइसोलेसनमा मास्क,सावुन ,सेनिटाईजर वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका सभापति खेमराज केसीले जानकारी दिए । उनले सनराइज ईङ्गलिस बोडिङ्ग स्कुल,२९ जना,सरस्वती मावि तर्ताङ्ग१९जना ,सरस्वती वृद्धाश्रममा२४जना र सरस्वती आधारभुत२९ जनालाई मास्क,सेनिटाईजर,सावुन बितरण गरिएको जानकारी दिए ।