Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

कर्णालीमा थपीए २६ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको सख्या १२ सय ८२ पुग्यो

दैलेख :  सोमवार कर्णाली प्रदेशमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परिक्षणमा सुर्खेत भेरीगंगा नगरपालिकाका ११ जना, वीरेन्द्रनगर नगरपालिकाका ५ जना र बराहताल गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ ।

दैलेख नारायण नगरपालिकाका ३ जना, सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ४ जना र हुम्ला ताजाकोटका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए । सोमबारसम्म कर्णालीमा संक्रमितको संख्या १२८२ जना पुगेको छ । सोमबारसम्म कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ५ सय ५१ पुगेको छ । कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ४ रहेको छ ।

error: Content is protected !!