Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक पारित

काठमाडौँ : नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा बिहीबार पारित भएको छ । संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा भएको दफावार छलफल सकिएपछि मत विभाजनको आधारमा संविधान संशोधन विधेयक पारित भएको हो ।

राष्ट्रिय सभामा तत्काल कायम रहको कुल सांसद सङ्ख्यामध्ये प्रस्तावको पक्षमा हुन्छ भन्ने ५७ मत प्रस्तावको विपक्षमा शून्य मत र मत दिन्न भन्ने पक्षमा शून्य मत परेकाले राष्ट्रिय सभाबाट नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ राष्ट्रिय सभाबाट पनि सर्वसम्मत रुपमा पारित भएको राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाल घोषणा गरेका हुन ।

error: Content is protected !!