Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेपाल भर कोरोना संक्रमितको सख्या ७ हजार ८४८ पुग्यो

काठमाडौै : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६७१ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५९१ जना पुरुष र ८० जना महिला रहेका छन्। मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या ११ सय ८६ पुगेको छ। जसमा ११४ जना महिला र १०७२ रहेका छन्।