Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

कुल सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुग्यो

काठमाडौँ  :  पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५८६ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ७ हजार एक सय ७७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।

देशभर भेटिएका संक्रमितहरुमा महिलाको संख्या ५ सय ३९ रहेको छ भने पुरुषको संख्या ६ हजार ६ सय ३८ रहेको छ। कुल संक्रमितमध्ये पुरुष ६ हजार ६३८ र महिला ५३९ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५४६ जना पुरुष र ४० जना महिला रहेका छन्। गौतमका अनुसार पछिल्लो पटक नेपालगन्जमा एकजनाको ज्यान गएको छ। यससँगै मृतकको संख्या पनि २० पुगेको छ। बुधबारसम्म कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या ७३ रहेको छ। बुधबार सबैभन्दा धेरै १८३ जना कोरोना संक्रमित महोत्तरीमा भेटिएका छन्।

प्रदेश नम्बर दुई अहिले देशकै हट स्पट बन्दै गएको छ। ​प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोभिड(१९ संक्रमण निको हुनेको संख्या ९ रहेको छ। हालसम्म निको भएर फर्किनेको संख्या ११ सय ६७ रहेको छ।