Loading... आजः शुक्रबार, जेष्ठ ६, २०७९
Trending

प्रदेश अस्पतालको इमरजेन्सी कक्ष शिल


सुर्खेत :  कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउन आएका ३ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको ईमर्जेन्सी कक्ष सिल गरिएको छ । समुदाय स्तरबाटै उपचार गराउन जेष्टको ३१ र ३२ गते दैलेखबाट आएका दुई जना बिरामी र सुर्खेतका १ जनामा कोरोना पोजेटिभ देखिएको डा।केएन पौडेलले बताए ।

प्रदेश अस्पतालको इमेरजेन्सि वार्डमा उपचार गराईरहेका तिनै जनामा कोरोना पोजेटिभ देखिएपछि नियमित जाँच तथा रेखदेखमा रहेका चिकित्सक तथा नर्ससहित ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा रहेको प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले बताए