Loading... आजः सोमवार, जेष्ठ ३, २०७८
Trending

मृत्यु भएकी महिलामा पनि कोरोना संक्रमण पुष्टि


बाँके :  नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कैलालीकी एक महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार राति मृत्यु भएकी कैलाली लम्की नगरपालिका २ की ४३ वर्षीया महिलामा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक डा नितेश कनोडियाका अनुसार मृत्यु भएकी महिलाको टाउकोमा चोट लागेर रगत जमेकोमा उहाँलाई जेठ ३१ गते आइतबार अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उपचार शुरु गरेर जेठ २ गते दिउँसो उहाँको स्वाब सङ्कलन गरी भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि लगिएकोमा बुधबार बेलुकी आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको सहनिर्देशक कनोडियाले बताए ।सहनिर्देशक कनोडियाका अनुसार ती महिलाको आइसियुमा राखेर उपचार भइरहेको थियो । योसँगै दुई दिनको अवधिमा मेडिकल कलेजमा मृत्यु भएका दुई महिलामा कोरोना पुष्टि भएको छ ।

error: Content is protected !!