Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन अम्बिका गुरुङको सलुट

काठमाडौ :  गायक किरण भुजेल, सङ्गीतकार तथा गायक शङ्कर थापा स्माइल, गायिका बिना भट्टराई र खुशी थुलुङको सुमधुर स्वरमा नयाँ गीत “सलुट” को म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय सङ्गीतकार शङ्कर थापा स्माइलको सङ्गीत रहेको गीतको म्युजिक भिडियो नेपाली साङ्गीतिक बजारमा विषम परिस्थितिलाइ मध्यनजर राख्दै सम्मान स्वरुप आएको हो

कोभिड(१९ को महामारी तथा लकडाउनको जटिल अवस्थामा अग्रपङ्क्तिमा रहेर सेवामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा समाजसेवीहरूको मनोबल बढाउन तथा उनीहरूलाई हौसला प्रदान गर्न गीतकार अम्बिका गुरुङको रचनामा मुलुकप्रति समर्पित हुँदै यस सङ्कटको घडीमा मार्मिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।