Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

संविधान संशोधन विधेयक पारित हुँदै

 

काठमाडौं : प्रतिनिधि सभाबाट आज नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुँदै छ। दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ। सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो। सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ।