Loading... आजः बुधबार, माघ ७, २०७७
Trending

दैलेखका ११ स्थानीय तहमा फैलियो कोरोना

४ सय ७२ सङ्क्रमित,२६ जना कोरोना जितेर फर्किए घर

दैलेख  :    दैलेखका ११ स्थानीय तहमा कोरोना सङ्क्रमण फैलिएको छ । जिल्लाको नारायण नगरपालिका, दुल्लु नगरपालिका,आठबिस नगरपालिका,चामुण्डाविन्द्रासैनी नगरपालिका, नौमुले गाउँपालिका,महावु गाउँपालिका,डुगेश्वर गाउँपालिका, गुराँस गाउँपालिका, भैरवी गाउँपालिकामा यस अघिनै फैलिसकेको थियो । बिहीबार र शुक्रवार प्रदेश अस्पताल सुर्खेत/पशुपंक्षी रोग अन्बेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका थप दुई स्थानीय तह भगवतिमाई गाउँपालिका र टाठिकाँध गाउँपालिमा कोरोना सङ्क्रमण फैलिएका पछि दैलेखका जिल्लाका ११ स्थानीय तहमा कोरोना फैलिएको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखको तथ्याङ्क अनुसार सबै भन्दा बढी नारायण नगरपालिकामा १९४ र महावु गाउँपालिकामा १०८ जना कोरोना सङ्क्रमित रहेका छन् । नौमुले गाउँपालिकामा १०,दुल्लु नगरपालिकामा ६७, डुगेश्वर गाउँपालिकामा ६७ ,गुराँस गाउँपालिकामा २ ,आठबिस नगरपालिकामा १,चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १ ,भैरवी गाउँपालिकामा ९ जना भगवतिमाई गाउँपालिकामा ९ जना र ठाटिकाँध गाउँपालिकामा ३ जना गरी ४ सय ७२ कोरोना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीले दिएको जानकारी अनुसार ४ सय ७२ कोरोना सङ्क्रमित मध्ये २६ जना कोरोना जितेर घर फर्केका छन् । घर फर्कने मध्ये नारायण नगरपालिकाका २२ जना डुगेश्वर गाउँपालिकाका १ जना दुल्लु नगरपालिका ३ जना रहेका छन् । हाल सम्म ३ हजार ४ सय ८६ जनाको स्वाब सङ्कलन ४ सय ७२ जना कोरोना पोजेटिभ देखिएको छ भने ९ हजार ७ सय १५ जनाको आरडिटि परीक्षण गरिएको छ भने २ सय ९८ जना आरडिटि पोजेटिभ देखिएको छ ।
तथ्याङ्क सहितकाे विवरण 

 

error: Content is protected !!