Loading... आजः शुक्रबार, माघ ९, २०७७
Trending

कर्णाली प्रदेशमा संक्रमितको संख्या८४६ पुग्यो

थप ८३ जनामा कोरोना संक्रमण पुष्टि

दैलेख  :  कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शुक्रबार नयाँ ८३ जना कोरोना सङ्क्रमित देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोेगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै शुक्रबार थप २२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन्र । दैलेखका नारायण नगरपालिकाका २२ जना कोरोनामुक्त भएर घर फर्किएका हुन् । उनीहरूको दैलेखको जिल्ला अस्पतालमा उपचार गरिएको थियो । कर्णालीमा कोरोनाबाट निको हुनेको सङ्ख्या ८२ पुगेको छ । अहिलेसम्म तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

error: Content is protected !!