Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

मृत भेटिएका युवामा कोरोना संक्रमण

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिकामा मृत भेटिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । घण्टाघर स्थित खाली जग्गामा रहेको पार्किङस्थलमा मृत भेटिएका व्यक्तिको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
अन्दाजी २५ वर्षका पुरुषको बेवारिसे अवस्थामा शव भेटिएपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा पाजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालका डा। उदय नारायण सिंहले जानकारी दिए ।
तर ती व्यक्तिको मृत्यु कोरोना भाइरसकै कारण भएको हो वा अन्य कारणले त्यो खुल्न नसकेको सिंहले बताए । ती व्यक्ति नाम, ठेगाना भने हालसम्म खुल्न सकेको छैन । शव नारायणी अस्पतालकै शव गृहमा राखिएको तथा पोष्टमार्टम गर्ने कार्य भइरहेको सिंहले बताए । यसैबिच पर्सामा ३ वर्षका बालकसहित थप पाँचजनामा संक्रमण पुष्टि भएको छ । पर्साको बिरगञ्ज महानगरपालिका कुम्हाल टोल निवासी १९ र ३४ बर्षिय दुईजना पुरुष तथा सखुवा प्रसौनी गाउँपालिकाको क्वारेन्टिनमा रहेका तीनजनामा संक्रमण देखिएको हो ।