Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

२१ जनाले जिते कोरोना संक्रमण

दैलेख  :  दैलेखमा २१ जना कोरोना जितेर घर फर्किएका छन । सरस्वति माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचार पश्चात पुन पीसिआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि घर पठाएको आइसोलेसन अस्पतालमा उपचारमा खटिएका डाक्टर जगत थापाले बताए ।
कोरोना जितेर घर फर्कनेमा नारायण नगरपालिका वडा नः ३ का ३०,३०,३०,१९ बर्षीय पुरुष वडा न ः ४ २५,२५,४० पुरुष र २० महिनाको बालक वडा नः २ बाट २१,४३ बर्षीय पुरुष वडा नः ६ बाट २७ बर्षीय पुरुष वडा नः ८ बाट २०,२०,२८ बर्षीय पुरुष वडा नः ९ बाट २२,५० बर्षीय पुरुष वडा नः १० बाट २०,२३,१७,१७, बर्षीय पुरुष,वडान नः ११ बाट २६ बर्षीय पुरुष कोरोना जितेर घर र्फिर्कएका छन । कोरोना जितेर घर फर्केका पुरुषहरुलाई नारायण नगरपालिका वडा नः १ का वडा अध्यक्षले दोसल्ला ओढाएर घर पठाए का छन ।  नारायण नगरपालिका वडा न  ४ का २० महिने बालक आमा संक्रमित भएका कारण आमा संगै रहेको डाक्टर जगत थापाले बताए ।  उनीहरु सबै भारतका विभिन्न सहर बाट आएका थिए । कोरोना जितेर घर फर्कन लागेका उनीहरुले कोरोना भाइरस सहजै जित्न सकिने प्रतिक्रिया दिएका छन । संक्रमण भयो भन्दै नआतिएको खण्डमा सहज रुपमा कोरोना जितेर घर फर्कन सकिने बताएका छन  ।