Loading... आजः शुक्रबार, मंसिर १७, २०७८
Trending

क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य सामाग्री

दैलेख :   जिल्लाको भगवतिमाई गाउँपालिकाका विभिन्न विद्यालयमा निर्माण गरेका क्वारेन्टाइनमा बसेका नागरिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा अन्तरगत क्वारेन्टाइनमा बसेका २११ जनालाई स्वास्थ्य सामाग्री वितरण गरेको गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताए । उनले केएन नाइनटी ( k 95 ) मास्क थान २११ ,सेनिटाइजर थान २११,ब्रस थान मञ्जन २११ थान,सावुन २११पीस ,स्यानीटरी प्याड ४२,थान लक्ट्रोजीनल ६ थान र बच्चाको निम्पल दुदानी,१ थान, नङकटर बाल्टी समेत वितरण गरेको बताए । उनले क्वारेन्टाइनमा बसेकाहरुको आरडिटि र पिसीआर दुबै परीक्षण गराएर घर फर्काउने तयारी गरि रहेको जानकारी दिए ।

error: Content is protected !!