Loading... आजः मङ्लबार, फाल्गुन २५, २०७७
Trending

६ महिने बालक सहित थप ४७ जनामा कोरोना संक्रमण

दैलेखमा कोरोना संक्रमण पुष्टि हुनेको सख्या ४३४ पुग्यो


दैलेख  :  दैलेखमा ६ महिने बालक सहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत÷पशुपंक्षी रोग अन्बेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४८ जना मा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा डुगेश्वर गाउँपालिका वडा नः १ का १,१५,२१,२३,२३,२६,२६,२८,२९ बर्षीय पुरुष र २१,२२ बर्षीया महिला,वडा नः ३ मा ४४ बर्षीय पुरुष, वडा नः ४ मा १८,२०,२०,२५,२६,३०,३७,४५ बर्षीय पुरुष वडा नः ५ १८ बर्षीय पुरुष वडा नः ६ मा ६ महिने बालक,३,१५,१८,२२,२२,२८,२८,३०,३१,३२,३३,३३,३६,४५,५० बर्षीय पुरुष रहेका छन ।
यस्तै जिल्लाको भगवतिमाई गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भगवतिमाई गाउँपालिका वडा नः ७ वडाभैरवका ३८,२३,२१,२४,२४,५० बर्षीय पुरुष,वडा नः २ रुमका १७,२४ बर्षीय पुरुष र वडा नः ४ तुर्सुका ३०बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कर्णाली प्रदेशको दैलेखमा कोरोना संक्रमण पुष्टि हुनेको सख्या ४३४ जना पुगेका छन । उपचार पछि ४ जना घर गएका छन भने एक जनाको मृत्यु भएको छ ।

error: Content is protected !!