Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

लकडाउन खुकुलो बनाउने निर्णय

काठमाडौ  :  सरकारले चैत ११ गतेदेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पसल सञ्‍चालन गर्न दिने निर्णय लिएको हो। मन्त्रिपरिषद् बैठकले सामाजिक तथा भौतिक दुरी र सुरक्षा मापदण्ड पालना गरेर पसल दोकान खोल्न दिने निर्णय लिएको हो। सरकारले निजी सवारी साधन पनि अब जोर बिजोर नियमका आधारमा सञ्‍चालन गर्न दिने निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन्। लकडाउनको सबै प्रकृया भोली बिहिबार सार्वजनिक गर्ने बताइएको छ। सर्वसाधरण व्यावसायीले लकडाउनका कारण सर्वस्व गुमाएको भन्दै आफूखुसी पसलहरु खोल्न थालेपछि सरकारले यो कदम चालेको हो। तर यो नियम काठमाडौं उपत्याकामा मात्रै या देशभरी भन्‍ने केही खुलाइएको छैन। लकडाउनका कारण तनाव बढ्दै गएपछि साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले २५ जना विज्ञलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। उक्त छलफलमा विज्ञहरुले लामो समयसम्म बन्दाबन्दीमा बस्दा देशको अवस्था जटिल हुने भन्दै स्वरुप परिवर्तन गर्न सुझाएका थिए।