Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

व्यवसायीले बुझाए ज्ञापन पत्र


सुर्खेत :  सुर्खेत उद्योग बाणिज्य संघले बैंकको व्याज, महशुल तथा घरभाडामा छुटलगायत विभिन्न मागहरु राखेर बुधवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष धनबहादुर रावतको नेतृत्वमा व्यवसायीहरुले विहान बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा ७ वटा बुँदाहरु उल्लेख गरिएका छन् । बन्दाबन्दी अवधिभरको घरभाडा मिनाहा गर्नुपर्ने, उद्योग व्यवसाय शुरु गर्दा राज्यका निकायहरुले शुरुदेखि नै लिने सम्पूर्ण किसिमका राजश्व, महशुल, शुल्क निश्चित अवधिका लागि छुट दिनुपर्ने, बन्दाबन्दीले पारेको प्रभावबारे विस्तृत अध्ययन गरी राहत एवं सहयोगको प्याकेज निर्धारण गर्न निजी क्षेत्रको समेतको प्रतिनिधित्वमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने, बन्दाबन्दीमा ठप्प रहेका उद्योग,व्यवसायहरुलाई सरकारले आर्थिक अनुदानका साथै यस अवधिसम्मको श्रमिक, कर्मचारीको तलब भुक्तानीका लागि पचास प्रतिशत आर्थिक सहयोग गर्नुपर्ने बुँदा ज्ञापनपत्रमा उल्लेख छ ।