Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

केपी शर्मा ओलीद्वारा रचित गीतिसङ्ग्रह विमोचित

काठमाडौँ  :  प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित राष्ट्रिय भावनाले प्रेरित गीति सङ्ग्रह ‘समृद्ध नेपाल सुखी नेपाली श्रोतामाझ आएको छ । भक्तपुरको नयाँ ठिमीस्थित कमेरुटारमा अनाथ बालबालिका तथा मजदुरका लागि दिवा खानासहित आयोजना गरिएको कार्यक्रममा सडक मजदुर मुक्ता कार्की र सानुकाजी तामाङले एल्बम विमोचन गरेका हुन ।

अनामनगरस्थित एक्सन स्टुडियोमा रेकर्ड गरिएका पाँच गीतमध्ये प्रधानमन्त्री ओलीद्धारा रचित स्वदेशमै रोजगारी स्वदेशमै बास बोलको गीतमा मेलिना राई र शान्तिराम राईले स्वर दिएका छन । त्यस्तै राष्ट्रिय युवा सङ्घका सहसंयोजक रमेश पौडेलका ‘हेर हाम्रो हिमाल हाँसेको’ र ‘मुर्झिएका सपनाहरु’ गरी दुई र विपिन किरणका ‘सबै मिले देश विकासमा’ र ‘कालसँग लडौं गरी दुई गीत रहेका छन् ।