Loading... आजः बिहिबार, कार्तिक ४, २०७८
Trending

थप ३७ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा संक्रमितको सख्या ७०८ पुग्यो

दैलेख :  कर्णाली प्रदेशमा थप ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले बुधबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । कर्णालीमा अब कोरोना सङ्क्रमितको सङ्ख्या ७०८ पुगेको छ । महाशाखाका अनुसार प्रदेश अस्पताल र र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५ जना, सुर्खेतका नौ र जाजरकोटका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट निको भएर २९ जना घर फर्किसकेका छन । अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । सुर्खेत, दैलेख र डोल्पाका एकरएक जनाको कोरोना कारण मृत्यु भएको हो ।

error: Content is protected !!