Loading... आजः मङ्लबार, भदौ २५, २०८१
Trending

अधिकाँस बिद्यालय क्वारेन्टाइन


दैलेख  : भारतका विभिन्न सहर बाट उद्धार गरि लाइएका जिल्लाका १० हजार नागरिकलाई विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको रोकथामका लागि विद्यालयलाई क्वारेन्टाइन रुपमा संचालन गर्दा पालना गर्नु पर्ने १२ बुदे आचार सहिता तय गरेबमोजीम स्थाीनय सरकारले विद्यालयलाई क्वारेन्टाइन बनाएका हुन । जिल्लाका ११ स्थानीय तहमा रहेका ६१ विद्यालयमा क्वारेन्टाईन निर्माण गरि भारत बाट उद्धार गरी ल्याएकाहरुलाई राखको स्थानीय तहका प्रमुखहरुले जानकारी दिएका छन ।

नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले शिक्षा विज्ञा तथा प्रविधि मन्त्रालयले जारी गरेको १२ बुदे आचारसंहितालाई पालना गर्ने गरी विद्यालयमा क्वारेन्टाईन निर्माण गरिएको बताए । उनले पछिल्लो समय संक्रमितको सख्या बढ्दै जान थालेपछि विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइनलाई नै आइसुलसेन अस्पतालका रुपमा विकास गर्न लागिएको बताए । उनले क्वारेन्टाइनमा बसेका अराजक व्यक्तिका कारण सदरमुकाममा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा सामानय तोडफोड भएको बताए ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाई दैलेखका प्रमुख तेज बहादुर थापाले संघिय संरचना पश्चात नगर तथा गाउँपालिकामा रहेको विद्यालय स्थानीय तहकै महातत भएपनि स्थानीय तहले क्वारेन्टाईन निर्माण गर्न आफुहर संग समन्वय गरेको बताए । भगवतिमाई शिक्षा तथा खेलकुद शाखा प्रमुख मान बहादुर विकले गाउँपालिमा भारत बाट आउनेहरुको सख्या बढ्दै गएपछि विद्यालय बाहेक अन्य स्थानमा नअट्ने भएपछि विद्यालय प्रयोग गर्नु परेको बताउनुभयो । उहाँले सरकारले विद्यालय संचालन गर्ने अनुमति दिए लगत्तै विद्यालयमा सेनीटाजर र क्लोरिन हानेर सफा गर्ने र विद्यालय खोल्ने सहमतिमा विद्यालयमा क्वारेन्टाईन निर्माण गरिएको बताए ।

दैलेखको ठाटिकाँध गाउँपालिमा भने समुदायमा नजिकै विद्यालय रहेका कारण स्थानीयले बिरोध गरेपछि भारत बाट उद्धार गरेर ल्याएकालाई स्वास्थ्यको भवनमा राखिएको छ । गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले पहिला बिरोध भएपनि पछि समुदायलाई कन्भिन्स गरेपछि विद्यालयमा राखिएको जानकारी दिए ।