Loading... आजः मङ्लबार, मंसिर १९, २०८०
Trending

दैलेखमा चार जनाले जिते कोरोना

लेख  : दैलेखमा एकै दिन दुई वर्षिय बालकसहित चारजनाले कोरोना जितेका छन् । जिल्ला अस्पताल दैलेखको आइसुलेसनमा उपचार गराइरहेकी डुंगेश्वर गाउँपालिका १ चुप्राकी २५ वर्षिय महिला दुल्लु अस्पतालको आइसुलेसनमा उपचार गराइरहेकी २३, ३० वर्षीया महिला र २ वर्षीय बालककले कोरोना जितेका हुन । दुल्लु अस्पताल बाट कोरोना मुक्त भएकी महिला र बालकको जेठ १५ गते देखि दुल्लुमा रहेको कोरोना अस्पतालमा उपचार हुँदै आएको थियो। पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ देखिएकाले उनीहरुलाई घर पठाइएको दुल्लु अस्पतालकी प्रमुख डा पुजा बिसिले बताइन ।
दुल्लु अस्पताल बाट कोरोना मुक्त भई घर जानेहरुमा दुल्लु नगरपालिका ११ की २३ वर्षीया महिला उनका २ वर्षीय छोरा र दुल्लु ११ कै ३० वर्षीया महिला रहेको डा पूजा बिसीले बताइन्। स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तका अनुसार दैलेख अस्पताल बाट कोरोना मुक्त भएकी महिलासहित उनका श्रीमान् र एक छोरा जेठ ८ गते भारतबाट आएका थिए। जेठ ११ गते गरिएको स्वाब परीक्षणमा दुवैमा कोरोना पोजेटिभ देखिए पछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको थियो । श्रीमानकोे आइसुलेसनमा उपचार भैरहेको डा पन्तले जानकारी दिए । आमाबुवा दुवैमा कोरोना पुष्टि भए पनि साथमा रहेका बालकमा कोरोना संक्रमण देखिएको थिएन। तर बालक आमाको साथमा आइसोलेसनमै थिए।