Loading... आजः बिहिबार, कार्तिक ४, २०७८
Trending

दैलेखका ९ स्थानीय तहमा फैलियो कोरोना

जिल्लाभर संक्रमितको सख्या ३५८ पुग्यो


दैलेख  : दैलेखका ११ स्थानीय तह मध्ये ९ वटा स्थानिय तहमा कोरोना संक्रमण फैलिएको छ । जिल्लाको नारायण नगरपालिका, दुल्लु नगरपालिका,आठबिस नगरपालिका,चामुण्डाविन्द्रासैनी नगरपालिका, नौमुले गाउँपालिका,महावु गाउँपालिका,डुगेश्वर गाउँपालिका, गुराँस गाउँपालिका, भैरवी गाउँपालिकामा कोरोना संक्रमण देखिएको हो ।

शनिवार प्रदेश अस्पताल सुर्खेत÷पशुपंक्षी रोग अन्बेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका थप दुई स्थानीय तह चामुण्डाबिन्द्रासैनी नगरपालिका र भैरवी गाउँपालिकामा ३ जना कोरोना संक्रमण पुष्टि भए संगै दैलेखका ११ स्थानीय तह मध्ये ९ स्थानीय तहमा कोरोना सक्रमण देखिएको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखको तथ्याङक अनुसार सबै भन्दा बढि नारायण नगरपालिकामा १९४ र महावु गाउँपालिकामा १०८ जना कोरोना संक्रमित रहेका छन । नौमुले गाउँपालिकामा दुल्लु नगरपालिकामा ३६,नौमुले गाउँपालिकामा ७ ,डुगेश्वर गाउँपालिकामा ३ ,गुराँस गाउँपालिकामा २ ,आठबिस नगरपालिकामा १,चामुण्डाबिन्द्रासैनी नगरपालिकामा २ ,भैरवी गाउँपालिकामा २ जना गरी ३५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिन अव दुई पालिकाका भगवतिमाई गाउँपालिका र ठाटिकाँभ गाउँपालिका बाँकी रहेका छन ।
हाल सम्म २६३७ जनाको पिसिआर परीक्षण गर्दा ३५८ जनामा कोरोना संक्रमण देखिएको छ भने ७९४८ आरडिटी परीक्षण गर्दा २५१ जनामा पोजेटिभ देखिएको छ ।

error: Content is protected !!