Loading... आजः आइतवार, चैत्र ९, २०८१
Trending

महिलाहरुका लागि सेनेटरी प्याड वितरण

दैलेख  : भारतका विभिन्न सहरबट घर फर्केर क्वारेन्टाइनमा बसेका महिलाहरुका लागि सेनेटरी प्याड वितरण गरिएको छ । ए एण्ड ए सेनेटरी प्याड उद्योग नेपालगञ्ज,अफेडहिन कन्सलटेन्सी एण्ड टे«निङ सेन्टर काठमाडौ र सेडा नेपाल दैलेखको समन्वयमा सेनेटरी प्याड वितरण गरिएको हो । सेडा नेपाल, दैलेखकी अध्यक्ष लक्ष्मी भट्टराईले क्वारेन्टाइनमा बसेका महिलाहरु महिनावारी हुदाँ समस्या भोग्न नपरोस भनेर सेनेटरी प्याड वितरण गरेको बताईन । उनले दैलेख जिल्लाको गुराँस गाउँपालिका,भगवतीमाई गाउँपालिका,नौमुले गाउँपालिका र दुल्लु नगरपालिकामा ६० प्याकेटको दरले वितरण गरेको बताईन । क्वारेन्टाइनमा बसेका महिलाहरुका लागि आवश्यक पर्ने सेनेटरी प्याड उपलब्ध गराएको भन्दै गाउँपालिका तथा नगरपालिका अध्यक्षले सहयोगी सस्थालाई धन्यबाद दिएका छन ।