Loading... आजः शुक्रबार, साउन १५, २०७८
Trending

जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना पुष्टि


सुर्खेत  :  जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्बेषण प्रयोगशालमा गरिएको परीक्षणमा शनिबार बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटका १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनीहरु सवैको जेठ १२ गते स्वाब संकलन गरिएको थियो । संक्रमित तीन जना भारतबाट आएका थिए । उनीहरु क्रमश ६, १४, ३३ र ५२ वर्षीय रहेको महाशाखा प्रमख तिवारीको भनाइ छ ।

error: Content is protected !!