Loading... आजः शुक्रबार, साउन १५, २०७८
Trending

कोरोना संक्रमण बाट डोल्पामा एक जनाको मृत्यु

दैलेख : डोल्पामा मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका वडा न ३ निवासी ५८ वर्षीय पुरुषको गत जेठ २० गते डोल्पा होम क्वारेन्टाइनमै मृत्यु भएको र उनको स्वाब परीक्षण गर्दा पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।
प्रतिष्ठानले प्रकाशन गरेको विज्ञप्तिमा उनको अस्थायी बसोबास सुर्खेतमा रहेको बताएको छ । गएको जेठ १६ गते डोल्पा घरमा गई होम क्वारेन्टाइनमा बस्नुभएको थिए । उनको जेठ २० गते होम क्वारेन्टाइनमै मृत्यु भएको जानकारी गराइएको छ । जेठ २२ गते स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको थियो । पीसीआर विधिबाट परीक्षण गर्दा नतिजा पोजिटिभ आएको निर्देशक मङ्गल रावलले जानकारी दिए ।
प्रतिष्ठानले विज्ञप्तिमार्फत घटनास्थल भौगोलिक दूरीका हिसाबले टाढा भएकाले त्यहाँका स्थानीयको समन्वयमा अन्य सम्पर्कको खोजी गरिने बताएको छ । अब डोल्पाको ५८ वर्षीय पुरुषको यो मृत्युसहित कर्णालीमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि सुर्खेतमा एक र दैलेखमा एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरिएको छ ।

error: Content is protected !!