Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नेपालमा कोरोना संक्रमितको २९ सय १२ पुग्यो

थप २७८ कोरोना संक्रमण पुष्टि

काठमाडौँ  :  नेपालमा शुक्रबार कोरोना भाइरसको २७८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्याको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । शुक्रबार ४३ जना थप डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको सङ्ख्या ३३३ जना पुगेको छ ।सुनसरी ८, झापा १, मोरङ ६, अर्खाखाँची १, नवलपरासी २ पाल्पा १, रुपन्देही १८, सिन्धुली ३, बारा २, तनुहँ २, भोजपुर ५, झापा १, सुनसरी १३, कैलाली ४, अछाम १, बझाङ १, डडलेधुरा ५, रामेछाप १७, काभ्रे ५, झापा १०, दैलख ९०, जुम्ला ३, जुम्लामा कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखा स्थायी ठेगाना भएका एकरएकजनालाई सङ्क्रमण देखिएको छ । सुर्खेत १, दाङ १, बारा १, धनुषा ४, कपिलवस्तु ४४, महोत्तरी १७ र रौतहटका ६ जनालाई सङ्क्रमण पुष्टि भएको छ । ६८ जिल्लामा सङ्क्रमण भएको छ । काठमाडौँका निजी अस्पतालमा उपचारमा रहेका गुल्मी र कास्की स्थायी ठेगाना भएका एक एक जना पुरुषलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।