Loading... आजः मङ्लबार, कार्तिक २, २०७८
Trending

सात जनाले जिते कोरोना


सुर्खेत  : कर्णाली प्रदेशका सात जनाले कोरोनालाई जितेर शुक्रवार घर फर्किएका छन् । कोरोनालाई जित्नेहरुमा सुर्खेतका पाँच, दैलेखका एक र बोल्न नसक्ने महिला एक गरी सात जना रहनुभएको छ । कोरोनालाई जितेर घर फर्कन पाएको उनीहरुले खुशी व्यक्त गरेका छन । सुर्खेतका कोरोना जितको पुरुषले कोरोना लागिहालेमा नआत्तिएर आत्मबल बलियो बनाउन सके पराजित गर्न सकिने बताए । उनले शारीरिक व्यायाम, खानपानमा सचेत रहनुपर्ने पनि सुझाव दिए । कोरोनालाई जितेकोमा खुशी व्यक्त गर्दै उनले रोग लाग्नासाथ मरिन्छ भन्ने भावना हटाउनुपर्ने बताए ।
६७ जना सङ्क्रमित रहेको सुर्खेतस्थित कोरोना विशेष अस्पतालमा सात जना घर फर्किएपछि अब ६० जना सङ्क्रमित बाँकी छन । कोरोना विशेष अस्पतालका फोकलपर्सन डा केएन पौडेलले सङ्क्रमितहरुको उपचारमा विशेष सजगता अपनाइएको जानकारी दिए उनले सङ्क्रमितहरुलाई आइसोलेशनमा राखेर उपचार गरिएको र आत्मबल बढाउने सुझावपनि दिइएको बताए ।

error: Content is protected !!