Loading... आजः शुक्रबार, साउन १५, २०७८
Trending

दैलेखमा कोरोना संक्रमितको सख्या ३०८ पुग्यो

..

दैलेख  : दैलेखमा शुक्रबार थप ९१ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै दैलेखमा कोरानाभाइरसबाट संक्रमित हुनेको संख्या ३०८ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका थप ९० र सुर्खेतमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा जुम्लामा गरिएको परीक्षणमा दैलेखका थप ९० र सुर्खेतमा गरिएको परीक्षणमा थप १ जनामा कोरोना संक्रमणको पुष्टि गरिएको छ। संक्रमित हुने दैलेखको दुल्लु नगरपालिका र महावु गाउँपालिकाका हुन् । दैलेखको दुल्लु नगरपालिका वडा नं१ का २०, २०, २१, २२, २३, ३१ वर्षीय पुरुष, वडा नं। २ का १७, १७, २०, २०, २० वर्षीय पुरुष, वडा नं ३ का १७, १८, २६ वर्षीय पुरुष, वडा नं ४ का २३, २८, ४७ वर्षीय पुरुष रहेका छन्।
त्यस्तै दुल्लु नगरपालिका वडा नं ५ का २ वर्षीय बालक र वडा नं ६ का १९, २२, २२, ३५ वर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको छ। साथै दुल्लु नगरपालिका वडा नं ७ का ४ वर्षीय बालक, वडा नं ८ का १९ वर्षीय पुरुष, वडा नं ९ का २३ वर्षीय पुरुष, वडा नं १० का २० वर्षीय पुरुष र वडा नं १२ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।
यसैगरी दैलेखको महावु गाउँपालिका वडा नं १ मा १६, २०, २५, २९, ३०, ३५ वर्षीय पुरुष र ९ वर्षीया बालिका रहेका छन् । महावु गाउँपालिका वडा नं २ का ४, ४, वर्षीय बालक १७, १७, १८, २०, २०, २०, २१, २३, २३, २४, २४, २५, २५, २५, २५, २५, २७, २७, २९, २९, ३०, ३०, ३१, ३२, ३२, ३४, ३५, ३६, ३७, ३८, ३८, ४२, ४४, ४५, ४६, ४७, ४८, ५० वर्षीय पुरुष र २२, २६ वर्षीया महिलामा पनि कोरोना संक्रमण भएको छ। यस्तै महावु गाउँपालिका वडा नं ३ का २०, ३०, ३०, ४० वर्षीय पुरुष, वडा नं ४ का २१, ३०, ३५, ३५, ५६ वर्षीय पुरुष, वडा नं ५ का १५, २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

error: Content is protected !!