Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दैलेखका दुई नगरपालिकामा अनिश्चितकालीन निषेधज्ञा जारी


दैलेख   : दैलेखमा कोरोना भाइरस संक्रमणका सख्या दैनिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेख जिल्लाका दुई नगरपालिकामा शुक्रवार साझ ६ बजेदेखी लागु हुने गरी अनिश्चितकालीन निषेधज्ञा जारी गरिएको छ । दैलेखको नारायण नगरपालिकामा १ सय ९५ जना र दुल्लु नगरपालिकामा ३६ जना कोरोना संक्रमण पुष्टि भएका छन भने दुल्लु नगरपालिका वडा न ११ का ३५ बर्षे युवकको कोरोना संंक्रमणका कारण मृत्यु भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेख द्धारा जारी गरिएको निषेधज्ञा सम्बन्धि बिज्ञप्तीमा कोरोना भाइरस संक्रमणले जिल्लामा भयाभह स्थीति सिर्जना हुन लागेपछि त्यसको नियन्त्रण्का लागि निषेत्रज्ञा जारी गर्नु परेको उल्लेख गरिएको छ । नेपाल राजपत्रमा तोकीएको अत्यावशयक सेवाहरु औषधि पसल, खाध्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा बैंकीङ्गं सेवा, आन्तरिक सुरक्षा खानेपानि तथा बिधुत सेवा पेटोलियम पदार्थको ढुवानी, फोहोर महिला ब्यवस्थापन बाहेकका अन्य सबै सेवा स्थलहरु अर्को आदेश नभए सम्मका लागि निषेधज्ञा जारी गरिएको छ ।
प्रशासनले स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम नारायण नगरपालिकाको लागि नगरपालिकाको पुर्बमा पर्ने लोहोरे खोला,पश्चिममा छामघाट,भिरखेत,उत्तरमा छान्न र दक्षिणमा चुप्रा बजार सम्मको सिमा समेटिएको छ । दुल्लु नगरपालिकाका लागि पुर्वमा डुगेश्वर श्रीस्थान, चुप्रा पश्चिममा पादुका देखी कर्णाली राजमार्ग,उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लोडुगेश्वर सम्मको सिमा निर्धारण गरिएको छ ।