Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

४८ जना सञ्चार कर्मीको कोरोना बिमा

दैलेख : दैलेख जिल्लाका विभिन्न सञ्चार गृहमा कार्यरत ४८ जना पत्रकारको कोरोना बिमा गरिएको छ । कोरोनाको महामारीका बिचमा पनि जनतालाई सही सूचना सम्प्रेषण गरी जनताई सुसूचित पार्ने काममा खटिने सञ्चार कर्मीको बिमा गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ दैलेख शाखाको समन्वयमा जिल्लामा उपलब्ध सञ्चार कर्मीहरूको कोरोना बिमा प्रिमियम इन्स्योरेन्स कम्पनीमा गराइएको छ । कोरोना महामारीमा समाचार सङ्कलन गर्न जाँदा कोरोना सङ्क्रमण भएको खण्डमा सचारर्कीले एक लाख रकम पाउने गरी बिमा गरिएको बताइएको छ ।

नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष चक्र केसीले जिल्लामा क्रियाशील सञ्चार कर्मीहरूको कोरोना बिमा गर्न नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको परिपत्र अनुसार कोरोनाको बिमा गर्ने अनुमति पाएका बिमित कम्पनी मध्ये प्रिमियम इन्स्योरेन्स कम्पनीमा बिमा गरेको बताए । उनले कोरोना महामारीको बिचमा पनि कोरोना बाट बच्नका लागि विभिन्न सन्देश मूलक सामाग्री सम्प्रेषण गरी जनतालाई सुसूचित पार्ने सञ्चारकर्मी लाई समेत सजगताका साथ उक्त कार्य गर्न आग्रह गरेका छन् ।