Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

क्वारेनटाइनमा बसेकालाई स्वास्थ्य सामाग्री वितरण

दैलेख :  भारतका विभिन्न सहर बाट उद्धार गरी दैलेखको नारायण क्याम्पसमा निर्माण गरिएको क्वारेनटाइनमा राखेका नागरिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुल बहादुर विकले आफ्नो व्यक्तिगत लगानीमा क्वारेनटाइनमा बसेकालाई सहयोग गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय दैलेखको समन्वयमा सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री र सुरक्षा निकायका व्यक्तिको रोहबरमा उक्त सामाग्री हस्तान्तरण गरिएको छ । क्वारेनटाइन बसेका समयमा आफूहरूलाई स्वास्थ्य सामाग्रीको अभाव रहेको गुनासोहरू आएपछि व्यक्तिगत लगानीमा स्वास्थ्य सामाग्री खरिद गरेर वितरण गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुल बहादुर विकले जानकारी दिनुभयो । उहाँले नारायण क्याम्पसमा रहेका ५६ जनालाई साबुन, टुथप्रेस, भाडाँधुने साबुन लगायतका सामग्री वितरण गरेको बताउनुभयो ।

यस अघि जिल्लाका विभिन्न बस्तीहरूमा करिब पाँच लाख भन्दा बढीको स्वास्थ्य सामाग्री वितरण गरेको र पुन क्वारेनटाइनमा बसेकाहरूलाई समेत सामान्य भएपनि सहयोग गरेको जानकारी दिए । उनले दैलेख जनतालाई सामान्य भए पनि सहयोग गर्न पाएकोमा खुसी भएको बताउँदै आगामी दिनमा समेत त्यसको निरन्तरता दिने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले कोरोनाको महामारीका कारण समस्यामा परेका नागरिकलाई सबैले सहयोग गर्नु पर्ने बताए । उनले क्वारेनटाइनमा बसेकाहरूलाई अध्यक्षले सहयोग गरेर राम्रो काम गरेको बताए ।

error: Content is protected !!