Loading... आजः मङ्लबार, माघ १३, २०७७
Trending

कमजोर व्यवस्थापन,अराजक मानसिकता

कमल शर्मा
चीनको हुवान्त सहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस सङ्क्रमणका कारण विश्व आक्रान्त बनेको सबैलाई अवगत नै छ । विश्वका शक्तिशाली राष्ट्रका राष्ट्रका प्रमुख कोरोनाको महामारीका कारण आफ्नो देशका नागरिकको मृत्यु देखेर रोइरहेका तस्बिर सामाजिक सञ्जालमा देख्न सकिन्छ । विश्वका सम्पन्न शाली राष्ट्रहरूले समेत कोरोनाको महामारी बाट उन्मुक्ति पाउन सकेका छैनन् ।

नेपालमा पनि कोरोना सङ्क्रमण समुदायमा युद्ध स्तरमा बढिरहेको छ । अहिले नेपालका ६४ जिल्लामा सङ्क्रमण फैलिएर विभिन्न जिल्लाका ९ जनाले कोरोना सङ्क्रमणका कारण मृत्युवरण गरिसकेका छन् । बुधवार सम्मको तथ्याङ्क हेर्दा नेपालमा २३ सय जनामा कोरोना सङ्क्रमण भएको छ भने कोरोना सङ्क्रमणको उपचार पछि घर फर्कनेको खस्या २ सय ७८ पुगेको छ ।

नेपालका विभिन्न सहरमा कोरोना सङ्क्रमण हुँदा नेपालको कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण देखिएको थिएन । जेठ महिनाको ५ गते भारत बाट उद्धार गरी दैलेख ल्याइएका आठविस नगरपालिका वडा न १ सात्तलाका एक युवकमा देखा परेको कोरोना भाइरस अहिले फैलिँदै कर्णालीमा समेत संङक्रमितको सख्या करिब ३ सयको हाराहारीमा पुग्न लागेका छ । कर्णालीका १० जिल्लामा मध्ये सबै भन्दा बढी दैलेखमा मात्र १ सय ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अझै यो सख्या कति पुग्ने हो सहज अनुमान गर्न सकिँदैन ।

भारत बाट उद्धार गरी ल्याएका नागरिकहरूमा धमाधम कोरोना देखिन थालेपछि अहिले दैलेखका सबै बस्तीहरूमा सन्त्रास फैलिएको छ । भारतमा रोजगारी गर्न गएका दैलेखका १० हजार नागरिक जिल्ला फर्किएका छन् । १० हजार नागरिक दुई हप्तामा आउँदा त्यसको व्यवस्थापनमा चुनौती स्थानीय सरकार सामु पक्कै थियो । दैनिक रूपमा भारत बाट आउने नाका कञ्चनपुर देखी नेपालगन्जका नाका बाट अलपत्र परेको उद्धार गर्न दैनिक फोन आउन थालेपछि स्थानीय सरकारले गाडीको व्यवस्थापन गरेर दैलेख ल्याएर उनीहरूलाई क्वारेनटाइनमा राखेको छन् भने कतिको आरडिटि परीक्षण गरेर होम क्वारेनटाइनमा पठाउने क्रम पनि सुरु गरिएको छ ।

 

अघिल्लो साता नारायण नगरपालिका वडा न १ मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालय नयाँ बजारमा आफूहरूलाई खानेपानी,शौचालय र खानपिनको राम्रो व्यवस्थापन नभएको भन्दै नारा जुलुस गरियो ।नारा जुलुसमा नगर प्रमुख मुर्दावाद,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जिन्दाबाद,नगर प्रमुख राजीनामा दे लगायतका अराजक नारा लागे । केही दिन अघि नारायण क्याम्पसमा बसेकाहरू एक्कासि आन्दोलन गर्न लागे उनीहरू भन्दै थिए फेरी निर्वाचन होला भोट माग्न आउँला त्यति बेला तिमीलाई भोट त के घरमा पनि आउन दिँदैनौ । त्यसको केही दिन पछि जिल्लाको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढा माथि आक्रमण गर्ने प्रयास गरियो । अध्यक्ष आफु त्यहा .बाट भाग्नु पर्ने अबस्था आयो ।बुधवार भैरवी गाउँपालिका कै निमित्त प्रमुख प्रशासकीय अधिकृत हिरासिह थापा माथि साङ्घातिक हमला गरियो । प्रमुख प्रशासकीय अधिकृत घाइते छन । बुधवार नै दुल्लु नगरपालिमा क्वारेनटाइनमा बसेका नागरिकहरू धमाधम बाहिर निस्कीदै सडकमा सरकारका विरुद्ध नारा जुलुस गर्न भ्याए ।

आफूहरूलाई अलपत्र हुँदा उद्धार गरेर सरकारले राम्रो ग¥यो भन्नुको साटो क्वारेनटाइनमा बसेकाहरूले दैनिक रूपमा कहिले मासु खाना चाहियो त कहिले के चाहियो भन्दै अराजकता मच्चाइरहेका छन् । त्यो कदापि राम्रो विषय होइन । जिल्लाका एकाध गाउँपालिकामा क्वारेनटाइनमा बसेकाहरू बाहेक सबै आफूहरूलाई राम्रो व्यवस्थापन नभएको भन्दै आन्दोलन गर्न तम्सिएका देखिन्छ । हो पक्कै पनि स्थानीय सरकारले व्यवस्थापनमा केही कमजोरी गरेका छन ।

स्थानीय सरकार पनि सोह्रै आना सही गरेका छन हामी पनि भन्दैनौ तर केही स्थानीय तहले गरेको लापरबाहीका कारण समस्या पक्कै भएका छन् । तर यो बेला महामारीका विरुद्ध अपनाउनु पर्ने सजगता नै प्रमुख हो । हामीले सजगता अपनाएर बसेको खण्डमा हामीले महामारी जित्ने हो । सामान्य सजगता  समेत नपनाएर क्वारेनटाइनमा बसेकाहरूले आन्दोलन थाल्ने र समुदायमा समेत कोरोनका फैलाउने जुन प्रयास गरिरहेको त्यसको परिणाम भोलीका दिनमा देखिने नै छ ।

स्थानीय सरकारको कमजोरी कहाँ नजिक देखिन्छ भने उनीहरूले आफ्नो गाउँपालिकाको जनसङ्ख्या कति हो कति जना नेपालमै छन् कति जना रोजगारी लागि बाह्य देश गएका छन् त्यसको तथ्याङ्क राख्नु पर्ने हो त्यो राख्न सकेनन् । त्यो राखेको भए आज गाउँपालिकामा बाह्य देशमा गएको नागरिकको तथ्याङ्क अनुसार गाउँपालिका तथा नगरपालिकाले आफू सँग प्राप्त भएको स्रोत साधनको सही सदुपयोग गरेर क्वारेनटाइनमा निर्माण गरेको भए यो समस्या आउने नै थिएन । आगमी दिनमा स्थानीय सरकारले त्यस तर्फ पनि ध्यान केन्द्रित हुनु पर्ने देखिन्छ । अर्को कुरा स्थानीय सरकारले लाखौ रकम खर्च गरेर बनाएका गाउँपालिका तथा नगरपालिकामा प्रोफाईल कहाँ छन । यस्तो विषम समयमा काम नलागेको प्रोफाइलको काम अरु के मा आउन सक्छ ।

दैलेखको नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले नगरपालिकाका विभिन्न वडाहरू बाट कति जना भारत गएका छन् त्यो जानकारी पहिला राखिएन । अहिले धमाधम मानिस घर फर्कन थालेपछि उनीहरूको व्यवस्थापनमा समस्या पक्कै देखिएको हो । सबै गाउँपालिका तथा नगरपालिकाका नागरिकलाई उद्धार गरेर सुरुमै दैलेख सदरमुकाम ल्याइन्छ । अनि उनीहरूलाई एक दुई दिन राखेर सम्बन्धित पालिकामा पठाउनु पर्छ । दुई दिनका लागि भए पनि कहाँ राख्ने यस्तो समस्याका बाबजुद पनि हामीले सकेसम्म व्यवस्थापन गरेका थियौ तर हाम्रा विरुद्ध नारा लगाइयो यो दुखद हो । आफैले उद्धार गरेका छौ गाली पनि खाएका छौ तर पनि उनीहरूको स्वास्थ्यमा समस्या नभइदिएको भए हुन्थ्यो ।

जिल्लाका केही स्थानीय तहमा निर्माण गरेका क्वारेनटाइनमा समस्या सिर्जना पक्कै भएका छन् त्यो हामीले प्रत्यक्ष रूपमा देखेका छौ । कतै बस्नको लागि सामान्य पिर्फम नपाएर सल्लाको कुसुममा बसेका तस्बिर सामाजिक सञ्जालमा छरपस्ट भएका छन् । त्यो हाम्रा लागि दुखद हो तर पनि हामीले आफ्नो परिवार र समुदायलाई कोरोना भाइरस सङ्क्रमण बाट बचाउनका लागि भए पनि क्वारेनटाइनमा बसेर आफ्नो स्वास्थ्य परीक्षणको विकल्प छैन । बरु स्थानीय सरकारले जति सक्यो चाँडो आफ्ना नागरिकको स्वास्थ्य परीक्षण गर्न तर्फ केन्द्रित हुनु पर्ने बेला आएको छ ।
क्वारेनटाइनमा बसेको बेला आफ्नो स्वास्थ्यको ख्याल गर्ने र सरकारले निर्धारण गरेको सामाजिक दुरीलाई कायम गरी बस्नु पर्ने भए पनि क्वारेनटाइनमा बसेकाहरू नै जम्मा भएर आन्दोलन गर्नु त्यो भन्दा अराजकता अरू के हुन सक्छ । आफुहरुलाई समस्या भएको खण्डमा आफ्ना माग सहज रूपमा राखेर अपुग बस्तुहरूको आर्पुती गर्न सकिने भए पनि आन्दोलन गर्ने र राजनैनितक रङ्ग दिने जस्ता कार्यहरू समाजमा दुर्भाग्य रूपमा देखा पर्नेछन् । अहिले आन्दोलन गर्नेहरु भोलिका दिनमा अवश्य पनि पछुताउनु सिवाय हामी संग केही हुने वाला छैन ।

error: Content is protected !!