Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

सभामुखकै भूमिका प्रति प्रश्न चिन्ह खडा गरे प्रदेश सांसदले

दैलेख :  दैलेख निर्वाचन क्षेत्र न २ प्रदेश क बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य सुशील कुमार थापाले कर्णाली प्रदेश सभाका सभामुखको भूमिका माथिनै प्रश्न चिन्ह खडा गरेका छन् । कर्णाली प्रदेश सभाको छैटौँ अधिवेशनको विशेष समयमा बोल्दै सांसद थापाले दैलेख गएकै भरमा एक हप्ता निलम्बन भएको खबर गर्ने र पुन प्रदेश सभामा आउने दिएको भन्दै सभामुख माथि नै प्रश्न चिन्ह खडा गरेका हुन ।

उनले भनेका छन् सभामुख ज्यु हामीले सरकारले जारी गरेको सामाजिक दुरीलाई कायम गरेरै विशेष बैठक गरेका छौ हामी कुनै क्वारेनटाइन र आइसुलेसन बेडमा गएनौ हामीलाई प्रदेश सभा संसदमा रुलिङ गरेर निल्न गर्नु भयो आज फेरी प्रदेश सभामा आउन दिनुभएको हो । सभामुखले आफ्नै अधिकार प्रयोग गरेर गर्नुभएको हो भने तपाईँलाई धन्यवाद । होइन भने तपाईँले आफ्नो भूमिका भन्दा फरक किन गर्नुभएको भन्दै प्रश्न समेत गरेका छन् ।
विशेष समयमा बोलेका सांसद थापाले दैलेख जिल्लामा हरेक हिसाबले जोखिममा छ । भारत बाट आउने संख्यामा पहिलो, कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण देखिएको जिल्ला पहिलो,कोरोना सङ्क्रमणका कारण मृत्युवरण गर्ने जिल्ला दैलेख,सङ्क्रमित संख्या बढी भएको दैलेख हुँदा पनि प्रदेश सरकारले के हेरेको छ भन्दै सरकार सँग जवाफ समेत माग गरेका छन् ।

दैलेखका क्वारेनटाइनमा सिटामोल समेत नपाएर युवकको मृत्यु हुँदा पनि सरकार आफूले गरेको कामको दम्भ देखाएर हिँडेको भन्दै जनताको अभिभावक समेत रहेको सरकारले अभिभावकमय भूमिका निर्वाह गर्न नसकेको आरोप समेत लगाएका छन् । प्रदेश सरकार अहिले पनि राजधानीमा बसेर कुनै पनि नागरिकको पिसिआर परीक्षण र डाक्टरको व्यवस्था गरेको दाबी गर्छ जिल्लामा जाँदा नागरिकको हालत बिग्रँदो अवस्थामा छ ।

सरकार जनताको स्वास्थ्यमा खेलबाड नगरी तत्काल पिसिआर परीक्षणको दायरा बढाउनका लागि पहल थाल्नुहोस् । प्रत्येक दिन क्वारेनटाइनमा नारा जुलुस भइरहेका छन् सडकमा आएर नारा जुलुस गरेका छन् । सरकारलाई कसरी बढेको छ के हेरेर बसेको छ सोध्न चाहन्छु । पिसिआर मेसिन खरिद गरेर डाक्टरको व्यवस्था गरी पिसिआर परीक्षण गरेर रिर्पोट निकाल्नु प¥यो तपाइहरूको भूमिका उदासीनता देखिएको छ । स्वाब संकलन भएको १९ दिन सम्म पनि रिर्पोट निकाल्न सक्ने हो भने त्यो भन्दा लाजमर्दो कुरा हुन्छ ।

भिडियो साभार सुनगाभा टेलिभिजन बाट

आठौं बैठकको विशेष समयमा बाेल्दै सांसद सुशिलकुमार थापा

कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको आठौं बैठकको विशेष समयमा बाेल्दै सांसद सुशिलकुमार थापाhttps://youtu.be/KKu19B7OI-E

Gepostet von Sungava Television am Mittwoch, 3. Juni 2020

error: Content is protected !!