Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

प्रमुख प्रशासकिय अधिकृत माथी सांघातिक हमला

दैलेख  : दैलेखको भैरवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हिरासिह थापा माथी सांघातिक हमला भएको छ । भारतका विभिन्न सहर बाट उद्धार गरी नः ४ मा रहेको राज बहादुर थापाको घरमा क्वारेन्टाइनमा राखेका युवाहरुले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माथी सांघातिक हमलाको प्रयास गरेका छन । आरडिटि परीक्षणको रिर्पोट आएपछि प्रमुख प्रशासकिय अधिकृत उहाँहरुलाई सम्झाएर घरमा होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिदै गर्दा एकाएक ढुगाँ हानेपछि प्रमुख प्रशासकिय अधिकृत घाइते भएको त्यहा काम गर्ने कर्मचारीले बताएका छन नाम नलेख्ने शर्तमा एक कर्मचारी भने क्वारेन्टाइमा बसेका युवाहरुले गाउँपालिकाको स्र्टोस शाखा चेक गर्न माग राखेको र प्रमुख प्रशासकिय अधिकृत यो सयम स्र्टोस चेक गर्ने भन्दा पनि सुरक्षीत भएर बस्ने समय हो भनेपछि युवाहरुले प्रमुख प्रशासकिय अधिकृत माथी नै हात हालेको बताए ।
गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले गाउँपालिकाले अलपत्र परेको आफ्ना नागरिकलाई उद्धार गरी ल्याएर उनीहरुको आरडिटि परीक्षण गरेर घर फर्काउन खोज्दा प्रमुख प्रशासकिय अधिकृृत माथी भएको दुब्र्यबहार दुखद घटना भएको बताए । उनले क्वारेन्टाइमा बस्दा राम्रो संग खाना नपाएको,सेनिटाइजर,पिफर्म,मास्क लगायतका सामाग्री प्रयाप्त मात्रामा नपाएको भन्दै गाउँपालिकाको स्र्टोस शाखा हेर्न खोजेपछि समस्या सिर्जना भएको बताए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हिरासिह थापाले गाउँपालिकाका जनतालाई सेवा दिन रात दिन नभनी काम गर्दा समेत यो व्यवहारले आफुलाई दुखी बनाएको बताए ।