Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सेती घटनामा बेपत्ता सबैको शव फेला


जाजरकोट  :  गत १० जेठमा पश्चिम रूकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका भेरी नगरपालिका ११ का १८ वर्षीय गोविन्द शाही मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले शव घटनास्थल देखि करिब २० किलोमिटर तल जिल्लाको भेरी नगरपालिका १३ खोदाखोला नजिक भेरी नदीमा फेला परेकोे बताए ।
लोकेन्द्रको शव नदीको बीच भागमा आधा डुबेको अवस्थामा स्थानीयले फेला पारेका हुन् । यो सँगै मृतकको संख्या ६ पुगेको छ । भेरी नगरपालिका ४ का नवराज विक, सन्जीव विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला पारी पोष्टमार्टम पश्चात परिवारले दाहसंस्कार समेत गरिसकेका छन् । पीडित पक्षले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्यको खोजी भैरहेको रुकुम प्रहरीले जनाएको छ भने दुई जना अझै फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको छ । तस्बिर गोरखापत्र