बस दुर्घटना हुँदा चालकको मृत्यु,सह चालक घाईते
दैलेख : कञ्चनपुर जिल्लामा अलपत्र परेका दैलेख गुराँस गाउँपालिकाका नागरिकलाई पु¥याउन आएर फर्कन लागेको ना ५ ख १६८५ नम्बरको बस दैलेखको गुराँस गाउँपालिका वडा ४ घोडाबासमा दुर्घटना भएको छ । दुर्घटनामा परी बस चालक कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नः ५ का अन्दाजी ४० बर्षीय कल्याणसिह बोहोराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरक्षक नैन बहादुर सावदले जानकारी दिनुभयो । उहाँले बसका सह चालक कञ्चनपुर जिल्ला भिमदत्तनगपालिका ३५ बर्षीय जयराज अवस्थी घाईते भएको जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरि बहादुर वली घटना स्थल तर्फ गएको जानकारी दिइएको छ ।