आइफोन १३ मा पाँच वटा क्यामरा
एप्पल कम्पनीका बारेमा विभिन्न गोप्य समाचारहरु खुलासा गर्दै आएको Fudge नामक ट्विटर प्रयोगकर्ताले आइफोन १३ मा हुने क्यामराका विषयमा महत्वपूर्ण खुलासा गरेको छ । उसका अनुसार आइफोन १३ मा एप्पलले खासगरी क्यामरा प्रविधिको सन्दर्भमा व्यापक अपग्रेड गर्नेछ । आइफोन १३ मा पाँचवटा सम्म क्यामरा सेन्सर हुने दाबी उसको छ । लिक गरिएको तथ्यअनुसार आइफोन १३ मा हुने पाँचवटा क्यामरा मध्ये एउटा क्यामरा ६४ मेगापिक्सेलको वाइड एंगल क्यामेरा हुनेछ । जसमा १ गुणा अप्टिकल जुम र ६ गुणा डिजिटल जुम क्षमता हुनेछ । त्यस्तै अर्को क्यामरा ४० मेगापिक्सेलको टेलिफोटो क्यामेरा रहनेछ भने तेश्रो क्यामरा चाहीँ ६४ मेगापिक्सेलकै एनामोफिर्क लेन्सयुक्त क्यामरा हुनेछ, जुन विशेषगरी भिडियोका लागि प्रयोग हुनेछ । त्यस्तै अर्को क्यामरा ४० मेगापिक्सेलको अल्ट्रा वाइड लेन्सयुक्त र पाँचौ क्यामरा अत्याधुनिक Lidarसेन्सरयुक्त हुनेछ ।
।