Loading... आजः बिहिबार, कार्तिक २२, २०८१
Trending

सिमा सुरक्षा माग राख्दै डा केसी अनसनमा

डोटि :  चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्दै आएका डा गोविन्द केसीले मंगलबार सिमा सुरक्षाका बिषयमा माग राख्दै अनन दार्चुलामा अनसन सुरु गरेका छन् । सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा उनले १८ औं अनसन सुरु गरेका हुन् । यसअघि चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बस्दै आएका डा केसीले यसपटक भने सीमा सुरक्षाको बिषयलाई पनि जोडेका छन् । ‘सीमाञ्चल लगायत सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सवैको पहुँचका लागि भन्दै उनले अनसन सुरु गरेका हुन् । उनी मंगलबार र बुधबार अनसन बस्नेछन् । दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था, भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग उनले राखेका छन् । त्यस्तै गण्डकी प्रदेश, डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने, कैलालीको गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने र विगतमा आफूसंग भएका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने माग पनि डा केसीले अघि सारेका छन् । यसअघि गत कात्तिक १८ गतेदेखि डडेल्धुरा जिल्ला सदरमुकाममा डा। केसीले १७ औं पटक अनसन बसेका थिए ।