Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

विदेशमा अड्किएका नेपाली नागरिकको शव ल्याउने सरकारको तयारी

काठमाडौ  : सरकारले कोरोना भाइरसको महामारीको कारण लकडाउन भएपछि विदेशमा अड्किएका नेपाली नागरिकको शव ल्याउने भएको छ। विदेशमा अड्किएका नेपाली नागरिकसँगै रोजगारीको क्रममा मृत्युवरण गरेका नेपाली कामदारको शव पनि ल्याउने तयारी गरिएको हो। मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने र विदेशमा रहेका नेपाली कामादारको शव ल्याइने विषय समेटिएको छ। नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश आउन सहजीकरण गर्ने आदेश २०७७ बमोजिम जहाज चार्टर्ड भएका बेला अलपत्र शव पनि ल्याउने तयारी गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालये जनाएको छ। नेपालमा रहेका परिवारसँग सल्लाह गरी कोरोना भाइरसको कारणले मृत्यु भएकाको शवलाई विदेशमा दाहसंस्कार गर्ने व्यवस्था गरिएको छ। अन्य कारणले मृत्यु भएकाको शव ल्याइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए। उनका अनुसार अन्य कारणले मृत्यु भएकाको परिवारले ल्याउनको लागि अनुरोध गरेमा ल्याउन सकिन्छ। शव ल्याउनको लागि छुट्टै जहाज चार्टड गरिन्छ। साढे दुई महिनाको अवधिमा कोरोनासहित अन्य विविध कारणले खाडीका ६ देश मलेसिया, दक्षिण कोरिया लगायतका देशमा
कार्यरत २ सय भन्दा बढी नेपालीले ज्यान गुमाएको छन्।