Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

जनता बचाउन गएका प्रदेश सभा सदस्यलाई निलम्बन गर्नु पूर्वाग्रही निर्णय : सांसद थापा

दैलेख : कर्णाली प्रदेश सभा सदस्य अमर बहादुर थापाले जनता सङ्कटमा पर्दा त्यसको व्यवस्थापनमा गएका माननीय सांसद लाई निलम्बन गर्नु पूर्वग्राही निर्णय भएको बताएका छन् । कर्णाली प्रदेश सभाको छैटौँ अबिधेशनको आठौँ बैठकको विशेष समयमा बोल्दै उनले दैलेखी जनता कोरोनाको सङ्कटमा परेको बेला त्यसको व्यवस्थापनमा गएका प्रदेश सभा सदस्य द्वय अमर बहादुर थापा र सुशील थापालाई निलम्बन गर्नु पूर्वग्राही निर्णय भएको बताए ।
कर्णाली प्रदेशका १० जिल्ला मध्ये सबै भन्दा बढी कोरोना संक्रमति भएको जिल्ला दैलेखको भएको यर्थात हुँदा हुँदै पनि प्रदेश सरकार मौन बस्नु सरकार जनता प्रति उत्तरदायी नभएको बताए । उनले प्रदेश सरकारले कोरोना अस्पताल भनी निर्माण गरिएको अस्पतालमा समेत बिरामी ल्याउन नदिएको भन्दै प्रदेश सभामा आक्रोश पोखेका छन्

दैलेख जिल्लामा भारत लगायत तेस्रो मुलुक बाट १० हजार ८ सय भन्दा बढी नागरिक जिल्ला भित्रिएको र उनीहरूको पिसिआर परीक्षण गर्नका लागि प्रदेश सरकारले आवश्यक चिकित्सक र औषधी पठाउनु पर्ने भए पनि अहिले सम्म प्रदेश सरकार दैलेखका जनता प्रति उत्तरदायी नभएको आरोप समेत लगाएका छन् । नारायण क्याम्पस रहेका २१२ जना मध्ये ३४ जना कोरोना सङ्क्रमित पुष्टि हुँदा समेत उनीहरूलाई राख्ने व्यवस्थापन नहुँदा २१२ जना नै सङ्क्रमित हुने जोखिम भएको भन्दै सरकारले गरेको कमान्ड पूर्ण रूपमा असफल भएको बताए ।

सरकार  जनता प्रति उत्तरदायी नभएपछि दैलेखका जिल्ला २ वटै निर्वाचन क्षेत्रमा १५ शय्याको अस्पताल निर्माण गर्न लागेको र अबको १३ दिन भित्र अस्पताल निर्माण गरेपछि मुख्यमन्त्रीले उद्घाटन गर्न जान आग्रह समेत गरेका छन् । उनले भने जनता ठुलो सङ्कटमा छ प्रदेश सरकारले पैसा दिए ठिकै छ नभए अर्को आर्थिक वर्षमा भुक्तानी दिने गरी अस्पताल निर्माण गर्न लागेको बताएका छन् । प्रदेश सरकारले २४ वटै निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यलाई खटाएर त्यहाँको व्यवस्थापन गर्न लगाएर जनता बचाउनु पर्ने भए पनि सरकार जनता बचाउन गएका प्रदेश सभा सदस्यलाई उल्टै निलम्बन गर्ने भए कर्णाली कुनै पनि मन्त्रीलाई प्रदेश सभामा रोक लगाउनु पर्ने माग समेत गरेका छन् ।

आठौं बैठकको विशेष समयमा बाेल्दै सांसद अमरबहादुर थापा

कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको आठौं बैठकको विशेष समयमा बाेल्दै सांसद अमरबहादुर थापा https://youtu.be/ZYEZu77TScU

Gepostet von Sungava Television am Dienstag, 2. Juni 2020