Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

क्वारेनटाइनमै तुहियो परिवार भेट्ने चाहाना

..

कमल शर्मा 

दैलेख :  परिवार र बालबच्चालाई मिठो मसिनो खुवाउन सुन्दर सपना बोकेर १४ महिना अघि भार हानिएका दैलेखको दुल्लु नगरपालिका वडा ११ का ३५ वर्षीय युवाको कोरोना सङ्क्रमणका कारण शनिवार क्वारेनटाइनमा मृत्यु भयो । बिहान सबै सँगै बसेर चिया खाएर हासेका उनी एक घण्टा पछि उनले यो संसार छोडे । उनले संसार छाडेको आठ घण्टा पछि उनमा कोरोना सङ्क्रमण भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पुष्टि ग¥यो ।
१४ महिना भारतमा बसेर आएका उनी क्वारेनटाइनमा बस्नु भन्दा १० दिन अघि दैलेखको दुल्लु नगरपालिकामा आएका थिए । भारत सरकारले रेल सेवा सुरु गरेपछि नेपालगन्ज आएका उनलाई दुल्लु नगरपालिकाले उद्धार गरेर दुल्लु नगरपालिका वडा न ७ मा निर्माण गरिएको ‘क्वारेनटाइन राखेको थियो । क्वारेनटाइनमा बसेको ९ दिन पछि स्वाब सङ्कलन गर्न आएको चिकित्सक टोलीलाई स्वाब दिएर रिर्पोटको पखाईमा थिए । रिर्पोट आएपछि थप उपचार गरेर परिवार सँग बस्ने उनको चाहाना आफ्नो रिर्पोट सुन्न नपाउँदै क्वारेनटाइनमै तुहियो।
भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा फैलिँदै गए पछि आफ्नै देशमा सुरक्षित रूपमा गएपछि बाँचिन्छ भन्ने आस बाकेर आएका उनले आफ्नो परिवार र छोरा छोरीको मुख समेत देख्न नपाएर सामान्य उपचार समेत नपाएर मृत्युवरण गर्नु¥यो ।

आर्थिक अवस्था कमजोर भएकै कारण भारतमा रोजगारीका लागि गएका उनको निधन भएपछि अहिले परिवारमा सन्नाटा सँगै सङ्कट परेको छ । उनका एक छोरा एक छोरी र श्रीमती छन्। परिवारका अनुसार क्वारेनटाइनमा बस्दा उनले औषधि र उपचार नपाएकै कारण आफ्ना श्रीमानले ज्यान गुमाउनु परेको परिवारको भनाई छ । मृतकका बुवा भुवनबहादुर थापाका अनुसार छोरालाई बिना उपचार चिसो कोठामा राखिएकाले ज्यान गएको बताउँछन् । दुल्लुका नगरप्रमुख घनश्याम भण्डारीका अनुसार भारतबाट आएर क्वारेनटाइनमा बसेकालाई आवश्यकताका आधारमा सबै कुराको व्यवस्थापन गरिएका थियौ उनीहरूको स्वास्थ्य परीक्षण गरेर नेगेटिभ देखिएको खण्डमा होम क्वारेनटाइनमा बस्ने गरी घर पठाउने तयारी गरे पनि त्यो तयारी तयारीमै सीमित रहेको बताए । उनले भने एक्कासि बेहोस भएर उनको उपचार क्रममा मृत्यु भयो ।

कमजोर व्यवस्थापनले निम्त्यायो मृत्यु

भारत लगायत तेस्रो मुलुक बाट आएका व्यक्तिहरूलाई कोरोना परीक्षणको रिर्पोट नआउँदा सम्म व्यवस्थित रूपमा राख्नु पर्ने भए पनि स्थानीय सरकार र सम्बन्धित निकायको लापरबाहीका कारण व्यवस्थापन राम्रो गर्न नसक्दा उपचार नपाएर मृत्युको मुखमा पुग्नु पर्ने अवस्था आएको छ । त्यसको उदाहरण दुल्लु नगरपालिका ११ का एक युवक त्यसको सिकार भएका छन् ।

आफ्नो गाउँपालिका तथा नगरपालिका बाट रोजगारीका लागि विभिन्न मुलुक गएका नागरिकको वास्तविक तथ्याङ्क सङ्कलन नगरेर देखाउनका लागि निर्माण गरिएको सीमित क्वारेनटाइनले गर्दा दैलेखका कोरोना सङ्क्रमणले भयावह अवस्था समेत सिर्जना हुने भएको छ ।

नारायण नगरपालिका दैलेखको नारायण क्याम्पसमा निर्माण गरिएको क्वारेनटाइनमा राखेका २०५ जना मध्ये १७ जनामा अघिल्लो दिन र पछिल्लो दिन १७ जना कोरोना सङ्क्रमण हुँदा समेत सबैलाई दुई दिन सम्म एकै स्थानमा राख्दा त्यसको भयावह अवस्था सिर्जना भएको छ ।
सोमवार स्थानीय जनप्रतिनिधि,सुरक्षा कर्मी,र प्रशासन बाट गएको टोलीले नारायण क्याम्पसमा क्वारेन्टाईनमा राखेकाहरूलाई ब्रिफिङ गर्न गएको टोली माथिनै क्वारेनटाइनमा बसेकाहरूले गाली गलौच गरे ।

सङ्क्रमित भएका व्यक्तिहरू समेत एकै स्थानमा राखेको भन्द्ै उनीहरू झोला बोकेर घर तर्फ लागेपछि प्रहरीलाई त्यसको भिड व्यवस्थापन गर्न समस्या भएको थियो । प्रहरीले क्वारेनटाइनमा नबसेर घर गए गोली ठोक्ने चेतावनी दिएपछि उनीहरू पुन क्वारेनटाइनमा नै बस्न बाध्य भएका छन् ।

पिसिआएर परीक्षण बिनै घर पठाइयो

दैलेखको नारायण नगरपालिका वडा १ मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा निर्माण गरेको क्वारेनटाइनमा राखेको व्यक्तिहरूलाई आरडिटि परीक्षण गरेर मात्र घर पठाइएको छ ।

जिल्लमा संक्रमतिको संख्या बढ्न थालेपछि उनीहरूको व्यवस्थापनमा गर्न समस्या भएको भन्दै आडिटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएकाहरूलाई घर फिर्ता गरेपछि अहिले त्यसको चर्को आलोचना भएको छ ।

स्थानीयले स्थानीय सरकार र सम्बन्धित निकाय नै कोरोनाको महामारी समुदायमा पुन¥याने काममा उद्धत रहेको स्थानीयले आरोप समेत लगाएका छन् । सर्वोच्च अदालतले क्वारेनटाइनमा रोखेकाको अनिवार्य पिसीआर परीक्षण गरे घर पठाउने आदेश दिए पनि स्थानीय सरकारले त्यसको कुनै प्रवाह नगरी घर पठाएका छन् ।

आरडिटि परीक्षण पोजेटिभलाई गोठमा बास

आरडिटि परीक्षण पश्चात् रिर्पोट पोजेटिभ आएपछि उनीहरूको स्वाब परीक्षण गर्न र तत्काल उनीहरूलाई आइसुलेसन बेडमा भर्ना गर्नु पर्ने भए पनि स्थानीय सरकारको लापरबाहीका कारण आरडिटि परीक्षणमा पोजेटिभ रिर्पोट आएकालाई गोठमा राखिएको छ ।

दैलेखको भैरवी गाउँपालिका दैलेखमा ४ जनालाई भैँसी बाँध्ने गोठमा राखेको पाइएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले स्थानीयको त्रासका कारण उनीहरूलाई गोठमा राखिएको सुन्न आएपछि आफै गएर उनीहरूको उपचारका लागि निर्माण गरिएका क्वारेनटाइन राखिएको बताए ।

स्थानीय प्रशासन मौन

दैलेखमा कोरोना सङ्क्रमण दैनिक रूपमा बढ्दै जान थाले पनि त्यसको प्रत्यक्ष निगरानी गर्ने र आवश्यक परेको खण्डमा सङ्क्रमित एरियालाई सिल गर्नु पर्ने भए पनि स्थानीय प्रशासनको मौन बसेको छ । स्थानीय प्रशासन मौन बसेकै कारण कोरोना सङ्क्रमण बस्तीमा सम्म पुग्ने खतरा बढ्दै गएको छ । तत्काल स्थानीय प्रशासनले आवश्यक पर्ने कदम नबढाए खतराको घण्टी बच्ने स्थानीय नागरिकहरूले बताएका छन् ।                                                                                                                                                तस्बिर/ लाल बहादुर खड्का

error: Content is protected !!