Loading... आजः मङ्लबार, माघ ८, २०८१
Trending

कोरोना कहरका बिच प्रशिक्षणमा फर्कियोअष्ट्रेलियाली टीम

एजोसी
अष्ट्रेलियाली क्रिकेट टीमका खेलाडीहरुले २ महिनापछि प्रशिक्षण सुरु गरेका छन्। इंग्ल्यान्ड र श्रीलंकापछि अष्ट्रेलियाली खेलाडीहरु पनि प्रशिक्षणमा फर्किएका हुन् । सिड्नीको ओलम्पिक पार्कमा स्टीभ स्मिथ, डेविड वार्नरका अलावा तिब्र गतिका बलर मिचेल स्टार्कले अभ्यास गरे। प्रशिक्षणका क्रममा समर्थकहरुको प्रवेशमा रोक लगाईएको छ। प्रशिक्षणलाई लिएर स्मिथले भनेका छन् ‘मैले दौड, जिमबाट आफूलाई बलियो बनाएर राखेको छु। उनले लकडाउनको आफूले राम्रो फाइदा उठाएको र शारीरिक एवं मानसिक फिटनेशमा ध्यान दिएको बताएका छन्। सिएले २ सय भन्दा बढी कर्मचारीहरुलाई हटाएको छ भने छिट्ठै अष्ट्रेलियाली क्रिकेट टिमका सहयोगी कर्मचारी पनि कटौती गर्ने तयारी गरेको छ। क्रिकेट अष्ट्रेलियाले आफ्नो अन्तराष्ट्रिय सिजनको घोषणा गरिसकेको छ। जसअनुसार आगामी अगस्ट ९ देखि अष्ट्रेलियामा क्रिकेट सुरु हुनेछ। पाहुना टोली जिम्बाबेविरुद्ध टी(ट्वेन्टी सिरीजबाट अष्ट्रेलियाली क्रिकेटको सुरुवात हुनेछ। तयसपछि अफगानिस्तान र भारतविरुद्ध टी(ट्वेन्टी क्रिकेट खेल्नेछ। अक्टोबर(नोभेम्बरमा अष्ट्रेलियामा टी(ट्वेन्टी विश्वकप पनि तय गरिएको छ तर कोरोना संकटका कारण विश्वकप हुने सम्भावना भने कम छ।