Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णालीमा कोरोना संक्रमितको संख्या २३३ पुग्यो

सुर्खेत : कर्णालीमा थप ३५ जना नयाँ संक्रमित भेटिएका छन् । सोमबार साँझ सवा ५ बजे सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइको छ । सुर्खेतका १६ जना, दैलेखका ९ जना, सल्यानका ९ जना र अछामका सुर्खेतमा परीक्षण गरिएका १ जनामा कोरोना पुष्टि भएको हो ।
यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३३ पुगेको छ । कोरोना संक्रमणबाट दैलेखका एक जनाको मृत्युु समेत भइसकेको छ । कर्णाली प्रदेशका १० जिल्ला मध्ये दैलेखमा सबै भन्दा बढि संक्रमित भेटिएका छन ।