Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

थप २९ जनामा कोरोना संक्रमण,कर्णाली प्रदेशमा संक्रमितको सख्या २६२ पुग्यो

सुर्खेत : कर्णालीमा थप २९ जना नयाँ संक्रमित भेटिएका छन् । मंगलबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइको छ । सुर्खेत वीरेन्द्रनगर वडा नम्वर १ र ३ का ११ जना, सल्यान दार्मा गाउँपालिकाका ९ जना र अछाम मल्लेख गाउँपालिका र मंगलसेन नगरपालिकाका गरी सुर्खेतमा परीक्षण गरिएका ९ जनामा प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ । कोरोना संक्रमणबाट दैलेखका एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।