Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

आइसुलेसनमा राख्नु पर्ने बिरामीलाई गोठमा राखेपछि…..

 

दैलेख  :  जिल्लाको भैरवी गाउँपालिकामा क्वारेन्टायनमा बसेका युवामा आरडिटि परीक्षण गर्दा पोजेटिभ देखिएपछि एक रात शनिवार रातभर भैसीगोठमा राखेको पाइएको छ । अहिले उक्त गोठ प्रयोग बिहिन छ । सामान्यता मापदण्डलाई मान्ने हो भने आरडीटी परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि आईसुलेसन वार्डमा राख्नुपर्ने हो तर गाउँका सबै स्थानहरु भरिएपछि छुट्टै राख्ने नाममा उनिहरुलाई भैसी बाँध्ने गोठमा राखिएको हो । आरडिटि परीक्षण पश्चात नाम गोपनियता राख्ने र सम्बन्धिीत बिरामीलाई उपचारका लागि निर्माण गरिएको आइसुलेसन वार्डमा लिनु पर्ने भएपनि त्यहा नाम नै सार्वजनिक गरिदिएपछि क्वारेन्टाईनमा बसेकाहरुले विद्यालमा राख्न नमाने पछि गोठमा भएपनि सुताउँ भनेर गोठमा राखेको एक जनप्रतिनिधीले बताए छन ।

साँझतिर स्वास्थ्यकर्मीहरुले सवैको स्वास्थ्य जाँच गरे आरडीटी परीक्षण पश्चात ४ जनामा सामान्य शंका देखिएको भनेपछि वडा नं. ३ को बिद्यालयमा क्वारेन्टाइनमा बसेकाहरुले विद्यालय हाताभित्र बस्न दिएनन्, बाहिर अरु कसैले घरमा बस्न दिने कुरै भएन् त्यसपछि बाध्य भएर गोठ रोज्नुपरेको स्थानीय जनप्रतिनिधिको भनाई छ । भैरवी गाउँपालिकाको वडा नं. ३ मा मात्रै ३ सय जना भारतबाट आएका व्यक्तिहरु वडाका सवै विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका छन् । सार्वजनिक स्थान कुनैपनि खाली छैन् । गाउँपालिका अध्यक्ष प्रेम बुढाले शनिवार राति उहाँहरुलाई बस्न समस्या भएको र गोठमा बसेको सुनेपछि आफु आइतवार बिहानै उक्त स्थानमै पुगेर उहाँहरुलाई पालिकामै ल्याएर राखेको बताए े । अहिले उहाँहरुलाई भैरवी गाउँपालिकाको कार्यालय नजिकै बसेका छन् । स्थानीयको घर भाडामा लिएर आईसुलेसन व्यवस्थापन गरेर उनिहरुको निगरानी गरिने पालिकाले जानकारी दिएको छ ।