Loading... आजः शुक्रबार, मंसिर १७, २०७८
Trending

कोरोना संक्रमण बाट बालिकाको मृत्यु मृत्यु हुनेको सख्या आठ पुग्यो

काठमाडौ : बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । मृतक स्थानीय क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु कोरोना भाइरसका कारणले भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यस सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको पनि उनले जानकारी दिए । बुढीगङ्गा नगरपालिका–१ घर भएकी उनी आमाबुबासँगै आठ दिनअघि भारतबाट नेपाल प्रवेश गरेकी थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिएको थियो ।

error: Content is protected !!