Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

थप १६६ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १५ सय ६७ पुग्यो

काठमाडौँ :  पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । संक्रमित हुनेमा सप्तरी १२, कैलाली ३, बाजुरा ३, झापा ४, मोरङ १, धनुषा २१, कपिलबस्तु ४, रौतहट २९, सर्लाही १० रहेका छन् । त्यसैगरी, तनहुँ १, स्याङ्जा २, पर्सा ५, कालिकोट १८, दैलख १८, सल्यान २५ रहेका छन् । थप संक्रमितमा १६२ पुरुष र ४ महिला रहेका छन् । उनका अनुसार क्वारेन्टाइनमा एक लाख १९ हजार १९२ रहेका छन् आइसोलेसनमा एकहजार ३४९ रहेका छन् । डिस्चार्ज हुनेमा आज एकजनासहित कुल २२० जना पुगेको छ । डिस्चार्ज हुनेमा १७२ पुरुष र ४८ महिला रहेका छन् ।