Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

बिद्यार्थीलाई चिठि

प्यारा भाइबहिनिहरु
लाखौंलाख प्रगतिको कामना
सहित असिम माया 
भाइबहिनिहरु बिश्व यतिखेर दुष्ट कोरोना बाट आक्रान्त छ। पृथ्वीमा रहेका मानवजातिको सर्बाङ्गिण बिकाशको गतिलाई उथल पुथल बनाउदै सिङ्गो मानव समुदायलाइ चुनौती दिइरहेको छ । मानवीय जीवन र प्राकृतिक प्रतिकुलता बिच अस्तित्वको अन्तिम लडाइ चलिरहेको छ।प्रकृतिमाथि दिग्बिजय गर्ने मानबिय सभ्यता दारुण चीत्कार छोड्दै छ्ट्पट्टी छ्ट्पट्टी रोइरहेको छ।
प्यारा भाइबहिनिहरु
मानव बिकासको निरन्तरता र सभ्यतालाई खलबल्याउने यसप्रकारको महामारी न त पहिलो हो न त अन्तिम नै
यो त पृथ्वीमा मानव जाति उत्पन्न हुनुभन्दा करोडौ बर्षपहिलेनैजिबाणु (ब्याक्टेरिया) रबिशाणु (भाइरस)को उत्पत्ति भएको थियो । पारिस्थितिक बाताबरणलाई सन्तुलनमा राख्न बनस्पति ,प्राणी ,जिबाणु,र बिषाणुको समान एवं संयोजनकारी भुमिका रहेको हुन्छ। बनस्पति ,प्राणी ,जिबाणु र बिषाणु बिचको सन्तुलन बिग्रीयो भने कुनैपनी बेला कुनैपनि रुपमा प्राणिमाथी आक्रमण गर्न सक्छ । विभिन्न कालखण्डमा देखिएका महामरी र कोभिड –१९ यसैका उदाहरण हुन।त्यसो त आफ्नो सुनौलो भबिष्य निर्माण को महाअभियान लाई निरन्तरता दिन कदापि भुल्नेछैनौ । जसरी छ /छ महिना शीत निन्द्रामा रहेको सर्प छ महिना पछि पनि उहीँ क्षमता मा देखिन्छ ठिक हाम्रो क्षमता पनि त्यही अबस्थामा रहोस। ज्ञान हासिल गर्नु भनेको किताब पढ्नु मात्र नभै बिज्ञान ,प्रकिति र समाजलाई सुक्ष्म ढङ्गले बुझ्नु पनि हो। यतिखेर सुनौलो अबसर मिलेको छ परिस्थितिले फेरि एकचोटि हामिलाइ प्रकृतिमा लएर छोडिदिएको छ । समयलाई प्रयाप्त पात्रामा सदुपयोग गरेर आफ्नो ब्याक्तित्व बिकास र सामाजिक समायोजनमा लागिरहन अनुरोध गर्दछु।
भाइ बहिनिहरु पट्क्कै बिचलित नभैकन यो त प्राकृतिक बिपत्ती हो बाच्नका लागि संघर्ष गर्नुपर्छ भन्ने पाठ सिकाइरहेको छ भन्ने अर्थ बुज्नुपर्छ ।हाम्रा पुर्खा हरुले यस्ता भयंकर डरलाग्दा बिपत्तिहरुलाइ सामना गर्दै आएका थिए ।प्राकृतिक प्रतिकुलता सङ्ग लड्दै अनुकुलित बाताबरण बनाउनु हाम्रो बाध्यता हो मैले माथिनै भनिसके यो महामारी पहिलो पनि हैन र अन्तिम पनि।आदिमकालदेखि ब्रतमानसम्म विभिन्न कालखण्डमा विभिन्न महामरिबाट मानव समुदायले विभिन्न दुस्ख कष्ट भोग्दै आइरहेको छ।जसको तथ्य छोटकरिमा म प्रस्तुत गर्न गैरहेको छु ।
प्यारा विद्यार्थीहरु

–३००० इसापुर्ब दक्षिण चिनको होमिन मंघा र मियाओजिगोयु क्षेत्रामा महामारिबाट सम्पुर्ण बस्तिनै ध्वष्ट भयको थियो ।जुन क्षेत्र अहिले बिश्वसम्पदा सुचिमा सुचिकृत छ।
–४३० इसापुर्ब एथेन्समा पाँच बर्ष सम्म फैलिएको ज्वरोका कारण एक लाख मानिसले ज्यान गुमाएका थिए।
–सन १६५/१८० सम्म ग्रीस ,इटालि, एशियामा फैलियको एन्टोनाइन प्लेगका कारण ५० लाख मानिसले ज्यान गुमाएका थिए।
– सन २५०/२७१सम्म फैलिएको साइप्रीएन प्लेगले रोममा प्रतिदिन ५००० मानिस ले ज्यान गुमाएका थिए।
– सन ५४१/५४२ सम्म एशिया उत्तर अफ्रिका अरेबिया र युरोपमा फैलिएको जस्तिनियन प्लेगू ले पाँच करोड (५,००,००,०००)मानिसको ज्यान लगेको थियो।
– सन१३४६/१३५३मा एशिया र युरोप लगायत बिश्वभरी फैलियको ब्युवोनिक प्लेग (ब्लयाक डेथ पनि भनिन्छ)जसबाट बीस करोड (२०,००,००,०००) ले ज्यान गुमाएका थिए।उक्त जनसंख्या पूरा गर्न बिश्वलाई २००बर्ष लागेको थियो।यो महामरिबाट युरोपमा मात्र दुई करोड मालिसले ज्यान गुमाएका थिए।
– सन १५१८/१५३२सम्म फैलिएको अमेरिकी प्लेग अमेरिकी महादेशमा फैलिएको थियो अधिक ज्वरो आउने र नाक कानबाट रगत बग्ने प्रकृतिको महामारिबाट १ करोड ८० लाख भन्दा बढिको ज्यान गएको थियो ।पश्चिमि गोलार्धमा रहेको एज्टेक र इन्का सभ्यताको लगभग नष्टै गरेको थियो।
– सन१५२०/१६००सम्म एशिया युरोप दक्षिण अमेरिका अफ्रिका अरेबियामा फैलिएको बिफरले ५,६०,००,००० जना मानिसको ज्यान गएको थियो।जसका कारण पश्चिमि गोलार्धका अमेरिका र मेक्सिकोमा ९०% देखि ९५% आदिबासिको मृत्यु भयको थियो।
– १७७०/१७७२मा रसियन प्लेगबाट एक लाख मानिसको ज्यान गएको थियो।
– १९१८/१९२० सम्म फैलिएको जपानीज फ्लू बाट ५० करोड सक्रमित भयका र ५ देखि १० करोड मानिसको ज्यान गएको बताइन्छ। जसका कारण भारतमा मात्र ८० लाख र चिनमा ४० लाख मानिसको ज्यान गएको बताइन्छ।
– सन१९४०/१९८०सम्म भारतबाट सुरु भै एशिया युरोप उत्तर अमेरिका अफ़्रिका लगायतका देशमा फैलिएको हैजाको कारण ३करोडौ मानिस को ज्यान गएको बताइन्छ WHOका अनुसार हरेक बर्ष १३/१४लाख प्रभावित र १ लाख बढिको मृत्यु हुने गरेको छ।
– त्यसैगरी एशियन फ्लू , हङकङ फ्लुले सन १९५७/१९६८सम्म १२लाख भन्दा बढी।मानिस को ज्यान गैसकेको छ।
–सन १९८१ (हालसम्म बिश्वभरी फैलिएको  HIV एड्स बाट ७ करोड संक्रमीत भएका छन भने तीन करोड ५० लाख मानिसले ज्यान गुमाइसकेका छन।
–२००९/२०१० सम्म मेक्सिकोबाट फैलिएको स्वाइन फ्लू बाट बिश्वभर १,५२,०००/५,७५,०००सम्म मनिसको मृत्यु भएको अनुमान गरिएको छ।
–सन २०१४÷२०१६ सम्म अफ़्रिकि मुलुक गिनिबाट युरोप ,अमेरिका, अफ्रिका फैलियको इबोला भाइरस झन्डै १२ हजार मानिसको ज्यान लगेको थियो।
प्यारा भाइबहिनिहरु हो
अहिलेको कोरोना पनि यस्तै शृङ्खलाको निरन्तरता हो ।मानिसको आयु छोटो हुनेहुदा यस्ता ऐतिहासिक घटनाहरु ओझेलमा परेका हुन ।अहिले देखिएको कोभिड–१९ पनि सन २००३ मा देखिएको सार्स कोरोनकै एउटा निरन्तरता जस्तै हो भन्ने गरिएको छ।सन २००३ मा सार्स कोरोना बिश्व भरी २६ओटा देशमा फैलिएर ७००जना भन्दा बढिको ज्यान लगेको थियो। त्यसो त पृथ्वीमा हरेक २/३ सय बर्ष को अन्तरालमा बिनाशकारी महामारी फैलिरहन्छ । पृथ्वीमा पर्यावरणीय सन्तुलन ल्याउलको लागि प्रकृतिले पटक (पटक जनसंख्या काटछाट गरिरहदो रहेछ।
त्यसैले यस्ता माहामारी हिजो पनि थिए भोलि पनि नहोलान भन्न सकिन्न परिस्थिति ,रोगको प्रकृति र प्राकृतिक प्रतिकुलतालाइ लाई बुझेर संयमित बनि जीवन, जगत र प्रयाबरणिय शृङ्खला लाई नियाल्दै सतर्कता अपनाउ र आफ्नो कार्यभार लाई निरन्तर आघि बढाइरहने छौ भन्ने आशा र बिश्वासमा छु। यसले मानबिय मुल्य र मान्यता का साथै पृथ्वीमा रहदा चुनौती र अबसरलाइ राम्ररी बुज्ने र अध्यन गर्ने मौका दिएको छ।त्यसैले परिस्थितिको बिष्लेशण गरौ गहिरिएर अनुसन्धान गरौ परिस्थिति र जिबनको महत्वपूर्ण पक्षलाइ नजिकबाट नियालौ ।महामारिको यो डरलाग्दो अबस्थामा उसका बिषालु भाइरस सङ्ग लड्दा/लड्दै बिजय प्राप्त गर्ने नै छौ भन्ने दरिलो बिश्वासका साथ पुन भेट्ने प्रतिक्षा राख्दै बिदा हुन्छु ,धन्यवाद ।

तपाइहरुको सदा प्रगति उन्नति चाहने शिक्षक

( रोशन सापकोटा)