Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

स्वास्थ्य सेवा कार्यालयको इमरजेन्सी वार्ड सिल

 


दैलेख:  जिल्ला स्वास्थ्य कार्यालय दैलेखको एमरजेन्सी वार्ड सिल गरिएको छ । भारतबाट आएका एक युवा क्वारेन्टाइन बाट भागेर स्वास्थ्य कार्यालय दैलेखको इमरजेन्सी वार्डमा आफुलाई ज्वरो आएको भन्दै गएको र उपचार गराएपछि पछि उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि इमरजेन्सी वार्ड सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । २२ वर्षीय पुरुष सुगरका बिरामी रहेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय खोप अधिकृत थीरप्रसाद रेग्मीले अस्पतालमा उपचार गराउँन आउँदा स्वास्थ्य सेवा कार्यालय दैलेखका कर्मचारीले सोधेको कुरा सत्य नगरेपछि अहिले इमरजेन्सीमा उपचार गरेका अन्य बिरामी र कर्मचारीहरू समेत सबैलाई सिल गर्नुपर्ने अवस्था आएको जानकारी दिए । उनले आफू एक वर्ष अघि भारतबाट आएको भन्दै ढाटेर इमरजेन्सी वार्डमा भर्ना भएका थिए । बुझ्दै जाँदा केही दिन अघि मात्र भारतबाट आएकोमात्र नभै क्वारेन्टाइनबाट भागेको खुलेपछि उनको आरडीटी परीक्षण गरिएको थियो । आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि इमरजेन्सी वार्ड सिल गरिएको हो । उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । अहिले अन्य बिरामीहरूको उपचारका लागि छिट्टै आपतकालिन कक्ष स्थापना गरिएको छ । जिल्लामा स्वास्थ्यकर्मीहरुको अभाव भएका बेलामा झनै समस्या उत्पन्न भएको स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिए े । भारतबाट आएका व्यक्तिहरू सभ्य तरिकाले क्वारेन्टाइनमा नबसेका कारण पनि जिल्लामा धेरै समस्या उत्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अवस्था जटिल बन्दै जान थालेपछि क्वारेन्टाइनको विकल्प खोजी गर्ने तयारी थालिएको जानकारी दिए ।